मंगलवार, आश्विन १३,२०८३ 08:42:14
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:42:14
Bizshala
Global IME Bank Limited

एएफपीका पत्रकार ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड

Bizshala
एएफपीका पत्रकार ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नलिजम अवार्ड दिइने भएको छ ।

एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिन लागेको घोषणा गरेको छ ।

एआईका माध्यमबाट विपद्को पूर्व चेतावनी सूचना सम्बन्धमा एएफपीका लागि ओझाले लेखेको समाचारका लागि यो अवार्ड दिइन लागेको विज्ञप्तिमा छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१७ देशका ७९ जनामध्येबाट पाँच जनालाई यस्तो अवार्ड प्रदान गरिन लागिएको एसियाली विकास बैंक इन्स्टिच्युटले जनाएको छ । अनुसन्धाता र पत्रकार सहभागी निर्णायक मण्डलले अवार्डको मूल्यांकन गरेको हो ।

ओझालाई पहिरो सम्बन्धमा पूर्व सूचना दिन वर्षा र जमिनको तथ्यांकका आधारमा युनिभर्सिटी अफ मेलर्बनका प्राध्यापक एन्टोनिएट्ले नेपाल, बेलायत तथा इटलीका सहयोगीहरुको सहायतामा नेपालमा विकास गरेको प्रणालीबारे रिपोर्टिङका लागि निर्णायक मण्डलले पुरस्कृत गर्न लागेको इन्स्टिच्युटले जनाएको छ ।

यसमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत संलग्न छन् । यस्तो प्रणालीका लागि उत्तरपश्चिम भेगका नागरिकले तथ्यांक उपलब्ध गराएको विषय रिपोर्टिङमा समावेश छ ।

पत्रकार ओझाले गुरु पूर्णिमाकै दिन अवार्ड प्राप्तिको खबर पछि आफू एकदमै सम्मानित महसुस भएको भन्दै आफ्नो पुरस्कार सबै शिक्षक, मेन्टर, साथी तथा सुभचिन्तकलाई समर्पित गरेको बताए ।

लामो समय काठमाडौं पोष्टमा सक्रिय पत्रकार ओझा केही वर्षयता अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीमा क्रियाशिल छन् । फिचर रिपोर्टिङमा दख्खल भएका तनहुँ व्यास नगरपालिका ८ बर्लाचीका ओझा मल्टिमिडिया रिपोर्टिङमा समेत सक्रिय छन् ।

पत्रकार ओझा गायन, अभिनय तथा संगीतका क्षेत्रमा समेत सक्रिय छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.