नेपालका लागि चीनबाट हिड्यो ‘अवतार ११’, यस्तो छ मूल्य र आकर्षक फिचर्स
काठमाण्डौ । चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रुपमा नेपाल ल्याउन लागेको प्रिमियम सेग्मेन्टको अवतार ब्रान्डको नयाँ कार दुई साताभित्र आइपुग्ने भएको छ । पहिलो लटको कार अवतारको प्लान्टबाट नेपालतर्फ हिँडिसकेको छ। चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले केहि समयअघि अवतारसँग आधिकारिक बिक्रेताको सम्झौता गरेसँगै उक्त कार सीजी इभोलुसनको नामबाट आयात गर्न लागिएको...