बागमती सरकारको नीति आजदेखि प्रदेशसभाको परीक्षणको चरणमा
काठमाण्डौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आजदेखि प्रदेशसभामा राजनीतिक परीक्षणको चरणमा प्रवेश गर्दैछ । केही दिनपछि बजेट आउने तयारी भइरहेका बेला सत्तापक्ष र प्रतिपक्षबीच विकास प्राथमिकता, बजेटको दिशा र सरकारको कार्यसम्पादनलाई लिएर तीव्र बहस हुने संकेत देखिएको छ ।

