बसन्त चौधरीको फरक सहयोगः बाढीपीडितको पुनर्वासका लागि तीन करोड दिने घोषणा
काठमाण्डौ। प्रतिष्ठित उद्योगी, समाजसेवी तथा चर्चित साहित्यकार बसन्तकुमार चौधरीले बाढीपीडित परिवारको पुनर्वासका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।चौधरीले नेतृत्व गरेको बीएलसीअन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउने भएका हुन्। सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग समन्वय गरी सहयोग वास्तविक पीडित...

