भुटानको उर्जा क्षेत्रमा पैसा खन्याउँदै भारत, ४ हजार करोड भारु सहुलियत कर्जा दिने
काठमाण्डौ । भारतले भुटानलाई ऊर्जा परियोजनाका लागि ४ हजार करोड भारतीय रुपैयाँ ऋण दिने भएको छ । यो ऋण सहुलियत दरमा दिइने जनाइएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणका क्रममा दुई देशबीच धेरै सम्झौता र धेरै घोषणाहरू भएका थिए। भारतीय विदेश मन्त्रालयले सो जानकारी दिएको हो ।

