शुक्रबार, असार २६,२०८३ 06:53:12
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:53:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकै चुनौतिपूर्ण विमानस्थलमा पर्छ यो एयरपोर्ट, ५० जना पाइलट मात्रै उडान गर्न सक्षम

Laxmi Sunrise Bank Limited
विश्वकै चुनौतिपूर्ण विमानस्थलमा पर्छ यो एयरपोर्ट, ५० जना पाइलट मात्रै उडान गर्न सक्षम

काठमाण्डौ ।भुटानको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, पारो अन्तराष्ट्रिय विमानस्थल प्राविधिक रुपमा विश्वको सबैभन्दा कठिन विमानस्थल मध्ये एक हो । १८ हजार फिट उचाईको २ वटा चुचुरोको बीचमा छोटो रनवे भएको यो विमानस्थलमा उडान गर्न प्राविधिक ज्ञान भएको हुनुपर्छ ।  

यो विमानस्थल र वरपरको चुनौतिपूर्ण वातावरणले ८ लाख जनसंख्या भएको भुटान यात्रालाई रोमान्चित बनाईदिन्छ ।  

विगत २५ वर्षदेखि भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयर उडाईरहेका क्पाप्टेन चिमी दोर्जी पारो विमानस्थल कठिन भएको तर खतरापूर्ण भने नरहेको बताउँछन् । ‘पाइलटको सिपका आधारमा यो विमानस्थल चुनौतिपूर्ण छ । तर यो खतरापूर्ण भने छैन । किनकी यदि त्यस्तो हुन्थ्यो भने म यहाँ विमान उडाईरहेको हुन्थेन,’ उनी भन्छन् ।  

New Office
CG Motors
Garima Development Bank

पारो विमानस्थल ‘सी’ श्रेणीमा पर्ने गर्छ । जसको अर्थ यहाँ विमान उडाउन पाइलटले विशेष तालिम लिएको हुनु पर्छ । यहाँ पाइलटले राडार बिना नै ल्याण्ड गर्नुपर्छ ।  

यसका अतिरिक्त यहाँ उडान गर्न स्थानिय सिप र यहाँको भौगोलिक अवस्थाको बारेमा समेत जानकार हुनुपर्ने दोर्जी बताउँछन् ।  

भुटानमा ९७ प्रतिशत पहाडी क्षेत्र रहेको छ । राजधानी थिम्पु समुन्द्र सतहभन्दा ७ हजार ७१० फिट(२३५० मिटर)उचाईमा अवस्थित छ । पारो भने केही कम अर्थात ७ हजार ३८२ फिट उचाईमा छ ।  

हावाको उच्च वेगका कारण सुरक्षा सावधानी अपनाउन पारो विमानस्थलका अधिकारीहरु प्रायःसाँझ पर्नु अघि नै विमानहरु अवतरण होस् भन्ने चाहन्छन् । राडार नभएका कारण यहाँ रात्रिकालिन उडान हुदैन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भुटानमा यतिबेला थुप्रै परिवर्तनहरु भईरहेका छन् । परिवर्तन भईरहेको एउटा क्षेत्र उड्ययन पनि हो । भारतको नजिक रहेको दक्षिण भुटानी क्षेत्र गेलेफुलाई नयाँ शहरका रुपमा विकास गरिदैछ । यहाँ एउटा सानो विमानस्थल रहेको छ । जसलाई विस्तार गर्ने कार्य भईरहेको छ । पारो र गेलेफुको सबैभन्दा ठूलो भिन्नता भनेको यसको भौगोलिक बनावट हो । गेलेफु समथर परेको छ । यहाँ  रनवे लामो बनाउन प्रयाप्त स्थान छ र यहाँ जोसुकै पाइलटले पनि जम्बो जेट विमान उडान गर्न सक्छन् ।  

केही वर्षभित्र यो विमानस्थलमा भुटानबाट उत्तर अमेरिका,युरोप र मध्य–पूर्व एशियामा प्रत्यक्ष उडान हुने सम्भावना रहेको छ ।  

भुटानको उड्ययन क्षेत्रको इतिहास त्यति लामो छैन । ड्रुक एयरको स्थापना सन् १९८१ मा भएको हो । यसका साथै भुटानमा केही सीमित संख्यामा मात्रै लाइसेन्स प्राप्त पाइलट रहेका छन् ।         

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.