सेयर कारोबारबाट ब्रोकर मालामाल, लगानीकर्ताको पोर्टफोलियो भने ओरालो
काठमाण्डौ । सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीहरुले पाउने शुल्क वा कमिसन उल्लेख्य बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असार महिनामा ९२ वटा ब्रोकर कम्पनीले कुल ३८ करोड ५१ लाख रुपैयाँ कमिसन आर्जन गरेका छन् । यो कमिसन अघिल्लो महिना अर्थात् जेठको तुलनामा ५.१६ प्रतिशत बढी हो । जेठमा ब्रोकरहरुले ३६ करोड ६२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका थिए ।...

