बुद्धभूमि हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाण्डौ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

