मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावर १.१३ करोड घाटामा, आम्दानीमा समेत गिरावट

Hyundai Nepal
बुद्धभुमी नेपाल हाईड्रोपावर १.१३ करोड घाटामा, आम्दानीमा समेत गिरावट
Nabil Bank Limited

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड १ करोड १३ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।  

प्रतिवेदनअनुसार कम्पनी अघिल्लो आवको सोही अवधिसम्म भने ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ४ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको वित्त खर्च समेत बढेको छ । वित्त खर्च ३ करोड ३५ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ३९ लाख ४६ हजार रुपैयाँ रहेको छ ।  

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)११.३७ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८४.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४८.६५ रुपैयाँ र तरलता अनुपात ४७ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.