बुद्धभूमि नेपाल हाइड्रो पावरले ६४ मेगावाटको जलविद्युत आयोजनामा ५१% लगानी गर्ने
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडसँग रहेको ६४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

