काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडसँग रहेको ६४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडअन्तर्गत रहेका अपर नेश्यम ४३ मेगावाट र अपर नेश्यम ‘ए’ २१ मेगावाट क्षमताका आयोजना गरी कुल ६४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा बुद्धभूमि नेपाल हाइड्रो पावरको ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी लगानी गरिनेछ।
सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार कम्पनीले उक्त आयोजनामा रणनीतिक लगानीमार्फत जलविद्युत क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

