मंगलवार, फाल्गुन ५,२०८२ 01:59:05
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:59:05
Bizshala
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरले घाटाबाट तङ्ग्रिदै कमायो १.१३ करोड खुद नाफा

बुद्धभुमी नेपाल हाईड्रोपावरले घाटाबाट तङ्ग्रिदै कमायो १.१३ करोड खुद नाफा
Shivam Cement

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १३ लाख घाटामा रहेको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिमा ९६ लाख ९२४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कुल खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा १ करोड ७५ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च १ करोड ५४ लाख रुपैयाँ थियो ।  

कम्पनीको वित्त खर्च भने घटेको छ । कम्पनीको वित्त खर्च ३ करोड ७३ लाखबाट घटेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँबराबर रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)७.५२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३७.६५ रुपैयाँ र तरलता अनुपात ४६ प्रतिशत कायम भएको छ ।   

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.