काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १३ लाख घाटामा रहेको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिमा ९६ लाख ९२४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको कुल खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा १ करोड ७५ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च १ करोड ५४ लाख रुपैयाँ थियो ।
कम्पनीको वित्त खर्च भने घटेको छ । कम्पनीको वित्त खर्च ३ करोड ७३ लाखबाट घटेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)७.५२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३७.६५ रुपैयाँ र तरलता अनुपात ४६ प्रतिशत कायम भएको छ ।

