बुधबार, भाद्र २५,२०८२ 11:26:03
  • बुधबार, भाद्र २५,२०८२ 11:26:03
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

उक्त बैठकले आगामी जेठ ३० गते बुधबारका दिन काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि कम्पनीले विद्युत विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको थियो । आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको छ। कम्पनीले आयोगसमक्ष १५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको थियो । कम्पनीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.