काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३४ लाख १६ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले १२ करोड २५ लाख रुपैयाँ खुद विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.०१ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले ३२ लाख ४४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको कुल खर्च ५ करोड १५ लाख र वित्त खर्च ७ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड ८२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । ९५ करोड २४ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ९० लाख र कुल चालु दायित्व ९ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.२७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १ हजार ४११.५३ गुणा र तरलता अनुपात ५२.५६ प्रतिशत कायम भएको छ ।