बुधबार, श्रावण ६,२०८३ 05:20:17
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:20:17
Bizshala
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरको विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

बुद्धभुमी नेपाल हाईड्रोपावरको विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
New Office

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार विशेष साधारण सभा आयोजना हुन लागेको हो ।

उक्त सभा आज काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना हुनेछ । सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि गत जेठ २३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

यसअघि कम्पनीले विद्युत विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको थियो । आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको छ। कम्पनीले आयोगसमक्ष १५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको थियो । कम्पनीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.