काठमाण्डो । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको हो ।
आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले आयोगसमक्ष १५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको थियो । कम्पनीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।
अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी साधारण सभाबाट पारित गरी हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ ।