सोमबार, असार २,२०८२ 10:55:52
  • सोमबार, असार २,२०८२ 10:55:52
Global IME Bank Limited

आम्दानी घट्नुका साथै खर्च बढेसँगै घाटामा गयो बुद्धभुमी नेपाल हाईड्रो

Hyundai Nepal
आम्दानी घट्नुका साथै खर्च बढेसँगै घाटामा गयो बुद्धभुमी नेपाल हाईड्रो
Nabil Bank Limited

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड गत आवको चौथौ त्रैमाससम्ममा १ करोड ४८ लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ११ लाख रुपैयाँ नाफामा थियो ।  

कम्पनीको आम्दानी आएको कमी र खर्च बढ्दा कम्पनी घाटामा गएको हो । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १४ करोड ८८ लाख रुपैयाँ कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.५० प्रतिशतले कम हो ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १६ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्च १.३९ प्रतिशतले बढेर ६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालिन ऋण ९४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.७२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४७.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७१.१२ गुणा,तरलता अन्पात ४१ गुणा र प्रतिसेयर नेटवर्थ ८७.२९ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.