नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छः अर्थमन्त्री पौडेल
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।...