बुङ्गल हाइड्रोको आइपीओमा १४.८५ गुणा बढी आवेदन, पौने २१ लाखको हात खाली हुने पक्का !
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १४.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २२ लाख ५३ ह जार २५४ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा २ अर्ब ५२ करोड ७० लाख २६ हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख ७० हजार २६० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा करिब १५ गुणा बढी आवेदन हो ।