काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको बुङ्गल हाइड्रोपावरले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ५२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २७ करोड २२ लाख थियो । आम्दानीमा कमी आएपनि कम्पनीको खर्च घटेका कारण कम्पनी घाटाबाट नाफामा जान सफल भएको हो ।
कम्पनीले समीक्षा अवधिसम्म वित्त खर्च २२ करोड ५ लाखबाट घटाएर ८ करोड ६ लाखमा झारेको छ । यस्तै कम्पनीको अन्य सञ्चालन खर्च १ करोड ५ लाखबाट घटेर १४ लाख ८६ हजारमा सीमित भएको छ ।
कम्पनीको रिजर्भ भने ९ करोड ४५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.६१ रुपैयाँ, प्रतिसेयर कु।ल सम्पत्तिको मूल्य ३६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९०.६६ गुणा र तरलता अनुपात ०.२४ प्रतिशत कायम भएको छ ।

