• बिहीबार, आश्विन २,२०८२ 04:50:17
Global IME Bank Limited

ऋणात्मक ईपीएस रहेको बुङ्गल हाइड्रोको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Hyundai Nepal
ऋणात्मक ईपीएस रहेको बुङ्गल हाइड्रोको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार कुल सदर आवेदकमध्ये १ लाख ७० हजार १५० जनालाई १० कित्ताका दरले १७ लाख १ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

आइपीओ पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।  

नेप्सेले सोही आधारमा तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्न सक्छ । बुङ्गल हाइड्रोको आव २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८८ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८०÷८१ मा १०० रुपैयाँ रहेको नेटवर्थ आव २०८१÷८२ सम्म पुग्दा घटेर ९३.४९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।  

यता कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी (इपीएस) भने ४१.६९ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । यसर्थ कम्पनीको आम्दानीको अवस्था राम्रो देखिँदैन । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.