त्रिशूली–३ ‘ए’ पछि चिलिमेतर्फ उद्धार टोलीको नजर, सुरुङमा ६ जना फसेको आशंका
काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि अब उद्धारकर्ताको ध्यान रसुवाकै चिलिमे जलविद्युत् आयोजनातर्फ केन्द्रित भएको छ।भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीबाट क्षतिग्रस्त २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाका ६ जना अझै सम्पर्कविहीन छन्। उनीहरू आयोजनाको भूमिगत संरचना वा सुरुङभित्र फसेको आशंकामा खोज...

