मंगलवार, कार्तिक १०,२०८३ 10:33:25
  • मंगलवार, कार्तिक १०,२०८३ 10:33:25
Global IME Bank Limited

चिलिमेको सुरुङमा लेदो हटाउन पहिलोपटक लोडर प्रवेश, उद्धार कार्य तीव्र

Bizshala
चिलिमेको सुरुङमा लेदो हटाउन पहिलोपटक लोडर प्रवेश, उद्धार कार्य तीव्र
New Office

 

काठमाण्डौ । भोटेकोसीमा आएको विनाशकारी हिमबाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई तीव्र बनाइएको छ।

सुरुङभित्र ठूलो परिमाणमा जमेको माटो, लेदो र भग्नावशेष हटाउन पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरिएको हो।

रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ह्विल लोडर प्रवेश गराएर लेदो हटाउने तथा बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार उद्धार टोली अहिले सुरुङभित्रको अवरोध हटाउँदै सम्भावित रूपमा फसेका व्यक्तिसम्म पुग्ने प्रयासमा केन्द्रित छ।

भदौ १० गते भोटेकोसी नदीमा आएको हिमपहिरोसहितको बाढीले चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको आशंका गरिँदै आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाली सेनाले भने चिलिमे क्षेत्रमा सात जना फसेको विवरण सार्वजनिक गरेको छ। यद्यपि, सुरुङभित्रको अवस्था पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

यसअघि सुरुङभित्र बाक्लो लेदो र भग्नावशेषका कारण खोज तथा उद्धार कार्य निकै कठिन बनेको थियो। अब भारी उपकरण प्रयोग गरेर लेदो हटाउन थालिएसँगै उद्धार टोलीलाई भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

न्यौपानेले सुरुङभित्र अझै जीवित मानिस फेला पर्न सक्ने आशा व्यक्त गर्दै आएका छन्। उनका अनुसार सम्भावित स्थानसम्म पुग्न लेदो हटाउने काम निरन्तर जारी रहनेछ।

चिलिमेको सुरुङभित्र जारी यो खोज तथा उद्धार अभियानलाई भोटेकोसी बाढीपछिको सबैभन्दा संवेदनशील उद्धार कार्यमध्ये एक मानिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.