नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता
काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले आफ्ना गाडीहरुमा क्याटएल कम्पनीद्वारा निर्मित ब्याट्री प्रयोग गर्ने भएको छ । यसका लागि दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गत मे २४ गते नेटाको प्रधान कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेटाका सीईओ तथा सह–संस्थापक झाङ योङ र क्याटएलका संस्थापक तथा अध्यक्ष रोबिन जेङ र सीईओ फाङ युनझोउको सहभागिता रहेको...