शुक्रबार, बैशाख ११,२०८३ 11:22:36
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 11:22:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्याटएलले लञ्च गर्यो नयाँ सोडियम–आयन ब्याट्री, ५ मिनेट चार्जमा ५२० किमीको माइलेज

Bizshala
क्याटएलले लञ्च गर्यो नयाँ सोडियम–आयन ब्याट्री, ५ मिनेट चार्जमा ५२० किमीको माइलेज
Shivam Cement

काठमाण्डौ । चीनको क्याटएल कम्पनीले सोडियम–आयन ब्याट्रीका लागि नयाँ ब्राण्ड,‘नक्स्ट्रा’ लञ्च गरेको छ । कम्पनीले यो नयाँ ब्राण्डको ब्याट्रीलाई आगामी डिसेम्बर महिनादेखि ठूलो परिमाणमा उत्पादन गर्ने योजना बनाएको छ ।  

यसका साथै कम्पनीले ईभी कारका लागि सेकेण्ड जेनेरेशनको फास्ट चार्जिङ ब्याट्री समेत लञ्च गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्याटएल सन् २०२१ मा सोडियम–आयन ब्याट्राी लञ्च गर्ने पहिलो अटोमोटिभ ब्याट्री निर्माता बनेको थियो । अन्य ब्याट्री पदार्थको तुलनामा सोडियम सस्तो र प्रयाप्त मात्रामा पाइने गर्छ । यसका साथै यसले ईभी सवारीमा आगलागि हुने जोखिम पनि कम गर्ने गर्छ ।  

नक्स्ट्रा ब्राण्डअन्तर्गतको पहिलो उत्पादन सोडियम–आयन ब्याट्री हुनेछ र यसको उर्जा घनत्व १७५ वाट आवर प्रति किलोग्राम हुनेछ । जुन भनेको ईभी सवारीमा प्रायोग भईरहेको लिथियम आइरन फोस्फेट(एलएफपी) ब्याट्री जतिकै हो ।  

सोडियम–आयन ब्याट्रीको मुख्य विशेषता भनेको यो एलएफपी ब्याट्राीको तुलनामा सस्तो पर्ने गर्छ । क्याटएलका संस्थापक रोबिन जेङले सोडयम–आयन ब्याट्रीले एलएफपी ब्याट्रीलाई आधिले प्रतिस्थापन गर्ने विश्वास व्यक्त गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

यसका साथै क्याटएलले सेनजिङको सेकेण्ड जेनेरेशन फास्ट ब्याट्री समेत लञ्च गरेको छ । यो ब्याट्री पाँच मिनेट चार्ज भएमा कार ५२० किमीसम्म कुदन सक्ने जनाइएको छ । यसका साथै चिसो मौसममा १५ मिनेटमा शन्य प्रतिशत चार्जबाट १५ प्रतिशतसम्म पुग्न सक्छ ।    

यो वर्ष ६७ युनिटभन्दा बढी नयाँ ईभीमा सेनजिङ ब्याट्री प्रयोग गरिने जनाइएको छ ।  

अहिले ६६ देशमा १ करोड ८३ लाख युनिट बढी कारहरुमा क्याटएलका ब्याट्री जडान भईसकेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.