चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर
काठमाण्डौ । चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । चीनको केन्द्रीय बैंक,‘पिपुल्स बैंक अफ चाइन(पीबीओसी)’ले सोमबार २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको हो । पीबीओसीले एक वर्षे कर्जाको प्राइम रेट(एलपीआर) ३.१ प्रतिशत कायम गरेको छ भने ५ वर्षे रेट ३.६ प्रतिशत कायम गरेको छ ।