स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्यो, एकीकृत कारोबार भदौ २१ गतेदेखि
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र...

