मंगलवार, श्रावण १९,२०८३ 05:00:30
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 05:00:30
Bizshala
Global IME Bank Limited

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु,सेयर कारोबार रोक्का

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु,सेयर कारोबार रोक्का
New Office

काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ ।  

मर्ज भएश्चात कायम भएको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो । 

यस्तै नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछि दुवै संस्थाको सेयर मिलान गर्नका लागि आजेदेखि सेयर कारोबार रोक्का गरेको छ । 

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने  प्रस्ताव पारित भएको थियो ।  आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न १४ साँगामा रहनेछ।  

एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले संस्थाले गत फागुन २३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.