कंगोमा विमान दुर्घटना, दुई वरिष्ठ सैन्य अधिकारीसहित १४ जनाको मृत्यु
काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शुक्रबार भएको विमान दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा कंगोको सेनाका दुई वरिष्ठ सैन्य अधिकारीसहित प्रतिनिधिमण्डलका सदस्य र चालक दलका व्यक्तिहरूको मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन्।मृत्यु हुनेमा सैन्य अदालतका प्रमुख लेफ्टिनेन्ट जनरल मुतोम्बो काटालायी तिएन्दे र सशस्त्र बलका महानिरीक्षक...

