इष्टर्न हाईड्रोपावरको ५५.४१ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि कात्तिक १६ गतेदेखि समाप्त भएको हो । कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।

