काठमाण्डौ। इस्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट प्राप्त पूर्वस्वीकृतिमा संशोधन भएको जनाएको छ।
कम्पनीको नवौँ वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा ६२ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको थियो। सोहीअनुसार कम्पनीले पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको थियो।
यसअघि आयोगले २०८३ भदौ ८ गतेको पत्रमार्फत कम्पनीको हाल कायम चुक्तापूँजी ६२ करोड रुपैयाँको १ः०.८७१ अनुपातमा ५४ करोड रुपैयाँभन्दा बढी बराबरको हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको थियो।
तर, आयोगको भदौ १७ गतेको पत्रमार्फत उक्त पूर्वस्वीकृतिमा संशोधन गर्दै १ः०.८७१ अनुपातमा कुल ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसअनुसार कम्पनीले हाल कायम चुक्तापूँजीको ८७.१ प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।