मंगलवार, आश्विन १३,२०८३ 08:53:10
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:53:10
Bizshala
Global IME Bank Limited

इष्टर्न हाईड्रोपावरको नाफा २६३% ले बढ्यो, रिजर्भ भने १६.४१ करोडले ऋणात्मक

Bizshala
इष्टर्न हाईड्रोपावरको नाफा २६३% ले बढ्यो, रिजर्भ भने १६.४१ करोडले ऋणात्मक
New Office

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६३.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको नाफा ३३ लाख ९९ हजार रुपैयाँमा सीमित थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ९ करोड ३५ लाख रहेको थियो । कम्पनीको खर्च भने बढेको छ । अघिल्लो आवमा ३ करोड ९४ लाख रहेको कुल खर्च बढेर ४ करोड २३ लाख पुगेको छ । कम्पनीको वित्त खर्च भने ४ करोड ५ लाख बाट घटेर ३ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको रिजर्भको आकार भने १६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड २ लाख र कुल चालु दायित्व ४ करोड ४७ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७३.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४०.०९ गुणा र तरलता अनुपात १.७९ गुणा कायम भएको छ ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.