बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे ११ अर्ब रुपैयाँ, कुनको खर्च कति ?
काठमाण्डौ । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि साढे ११ अर्ब रुपैयाँ छुट्याएका छन् । १४ जीवन र १४ निर्जीवन गरी कुल २८ बीमा कम्पनीले गत आर्थिक वर्षका लागि ११ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ कर्मचारी सुविधाका लागि छुट्याएका छन् । यो रकम अघिल्लो आवको तुलनामा १७.७७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि ९ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ...