भन्सार छली भित्र्याइएका १२ वटा भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा
काठमाण्डौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार भदौ १ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीका क्रममा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका विद्युतीय स्कुटर फेला परेका हुन्।

