काठमाण्डौ । चीनमा निर्माण भएका‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरहरुको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिरो इमिसन राइड (एन) ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको हो ।
उक्त शोरुम नागपोखरीबाट उत्तरढोका जाने सडकमा हाम्रो रहेको छ । यस शोरुमबाट ‘लुयान’ ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रि तथा बिक्रिपछिको सेवा उपलब्ध गराउने जिरो इमिसन राइड (एन) ले जनाएको छ ।
यस्तै कम्पनीले व्यवसायको ५ औँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा ‘लुयान, पाँचौ बर्ष बिशेष बहार’ स्किम लागु गरेको छ । यो स्किम योजना माघ १७ गते देखि फाल्गुन ३० गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।
यस स्किम अन्तर्गत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा रु. १५,००० नगद छुट, एक बर्षको बीमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा हेलमेट निःशुल्क पाउनेछन् ।
यसका साथै नियमित ४ पटकसम्मको निःशुल्क सर्भिस तथा वारेन्टी समेत उपलब्ध हुनेछ ।
यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीले जनाएको छ ।