काठमाण्डौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार भदौ १ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीका क्रममा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका विद्युतीय स्कुटर फेला परेका हुन्।
प्रहरीले नियन्त्रणमा लिएका १२ वटा भारतीय विद्युतीय स्कुटरको अनुमानित मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको जनाएको छ।
भन्सार छली गरी नेपाल भित्र्याएर अनधिकृत रूपमा सञ्चालन गरिएका ती स्कुटर नियन्त्रणमा लिएपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।