एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभाबाट तीन सञ्चालक निर्वाचित
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको २० औं साधारण सभाबाट तीनजना सञ्चालक निर्वाचित भएका हुन् ।

