काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ४० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यही अवधिमा बैंक ८ करोड ९७ लाख ९७ हजार रुपैयाँ घाटामा थियो।
बैंकको वित्तीय स्वास्थ्यमा सबैभन्दा उल्लेख्य सुधार खराब कर्जामा देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ९.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात (एनपीएल) घटेर ४.८५ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्ष १३ करोड ३३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १५ करोड २८ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष ८ करोड ९७ लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको बैंकले यस वर्ष ७४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ।
असोज मसान्तसम्म बैंकले १८ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ग्राहकमा १३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा १४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल इक्विटी १ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १.२८ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २८.७४ रुपैयाँ ऋणात्मक थियो।
यसैगरी बैंकको पुँजीकोष अनुपात १४.२१ प्रतिशत, टियर–१ पुँजी अनुपात ११.७६ प्रतिशत, सीडी रेसियो ७८.०९ प्रतिशत, आधारदर ५.०६ प्रतिशत र कस्ट अफ फण्ड २.७६ प्रतिशत रहेको छ।
बैंकसँग असोज मसान्तसम्म १४ करोड ८६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। वार्षिकीकरण गरिएको वितरणयोग्य नाफा प्रतिसेयर ४.४३ रुपैयाँ देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।