जीवन बीमा कम्पनीको आम्दानीमा पुराना बीमालेखको भर, नयाँ व्यवसायको हिस्सा एक चौथाइ मात्रै
काठमाण्डौ । जीवन बीमा क्षेत्रमा हाल नवीकरण बीमाशुल्कको हिस्सा ७५ प्रतिशत छm भने प्रथम बीमाशुल्कको हिस्सा २५ प्रतिशत रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको आम्दानी मुख्यतः पुराना बीमालेखको नवीकरणमा आधारित रहेको देखिएको छ । यसले एकातर्फ बीमितले बीमा निरन्तरता दिइरहेको सकारात्मक संकेत गरेपनि अर्कोतर्फ नयाँ व्यवसाय विस्तार अपेक्षाकृत...

