जीवन बीमा कम्पनीहरुले दुई महिनामै उठाए साढे ४० अर्ब प्रिमियम, नेपाल लाइफको एकछत्र दबदबा
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म कुल ४० अर्ब ५४ करोड १४ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्।गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा...

