बुधबार, श्रावण २०,२०८३ 07:11:49
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:11:49
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीको आम्दानीमा पुराना बीमालेखको भर, नयाँ व्यवसायको हिस्सा एक चौथाइ मात्रै

जीवन बीमा कम्पनीको आम्दानीमा पुराना बीमालेखको भर, नयाँ व्यवसायको हिस्सा एक चौथाइ मात्रै
New Office

काठमाण्डौ । जीवन बीमा क्षेत्रमा हाल नवीकरण बीमाशुल्कको हिस्सा ७५ प्रतिशत छm भने प्रथम बीमाशुल्कको हिस्सा २५ प्रतिशत रहेको छ ।  

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको आम्दानी मुख्यतः पुराना बीमालेखको नवीकरणमा आधारित रहेको देखिएको छ । यसले एकातर्फ बीमितले बीमा निरन्तरता दिइरहेको सकारात्मक संकेत गरेपनि अर्कोतर्फ नयाँ व्यवसाय विस्तार अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ ।  

प्राधिकरणका अनुसार जीवन बीमकहरुले गत आर्थिक वर्ष २०८२÷८३ मा २ खर्ब एक करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमा नवीकरणमार्फत १ खर्ब ५० अर्ब ६१ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ भने नयाँ व्यवसाय अर्थात् प्रथम बीमाशुल्क ४९ अर्ब ४० करोड रुपैयाँ संकलन भएको छ ।  

यस हिसाबमा जीवन बीमा कम्पनीहरुको व्यवसायको अधिकांश हिस्सा नवीकरण बीमाशुल्कले धानेको देखिन्छ । बीमकहरुको नयाँ व्यवसाय वृद्धि सुस्त हुँदा दीर्घकालीन बजार विस्तार, बीमाको पहुँच तथा कम्पनीहरूको भविष्यको वृद्धिमा असर पर्न सक्ने देखिन्छ । त्यसैले नयाँ ग्राहक आकर्षित गर्ने रणनीति, ग्राहकको आवश्यकताअनुसार नवीन बीमा योजना, डिजिटल सेवा विस्तार तथा वित्तीय साक्षरता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।  

बीमा विज्ञहरुले एजेन्टहरूको क्षमता विकास, बैंकास्योरेन्समार्फत बजार विस्तार, ग्रामीण क्षेत्रमा बीमा पहुँच वृद्धि तथा छिटो, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न सके प्रथम बीमाशुल्कको हिस्सा बढाउन सहयोग पुग्ने बताएका छन् ।

बीमा कम्पनीहरूले नवीकरण बीमाशुल्कबाट प्राप्त स्थिर आम्दानीलाई कायम राख्दै नयाँ व्यवसाय विस्तारमा ध्यान केन्द्रित गर्न सके जीवन बीमा क्षेत्र थप प्रतिस्पर्धी, दिगो र समावेशी बन्ने अपेक्षा गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा बीमकहरुको नयाँ व्यवसाय र नवीकरणमार्फत हुने व्यवसाय दुबै वृद्धि देखिएको छ । प्राधिकरणका अनुसार नयाँ व्यवसाय २३ प्रतिशतले बढेको छ भने नवीकरणमार्फत हुने व्यवसाय ९.३६ प्रतिशतले वृद्धि भएको छ ।  

तर अघिल्लो आवको तुलनामा गत आवमा नयाँ व्यवसाय बढेपनि नवीकरण र नयाँ व्यवसायको अनुपात भने धेरै देखिएको छ । नवीकरण बीमाशुल्कको उच्च हिस्साले विद्यमान बीमितहरूले आफ्नो बीमालेख निरन्तर कायम राखिरहेको संकेत गरेपनि प्रथम बीमाशुल्कको हिस्सा २५ प्रतिशतमा सीमित रहनुले नयाँ ग्राहक आकर्षित गर्ने कार्यमा अझै सुधारको आवश्यकता रहेको देखिन्छ ।  

विज्ञहरुका अनुसार जीवन बीमकहरुको नयाँ व्यवसाय विस्तार नभए वा कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा वृद्धि नभए भविष्यमा बजार वृद्धि र बीमा पहुँच विस्तारमा चुनौती आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.