जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार, रु.३४ अर्ब प्रिमियम कलेक्सन
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । गत वर्षसम्म नविकरणकै आधारमा चलेको जीवन बीमकको व्यापारमा अहिले नयाँ व्यवसायले पनि गति लिन थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत ३४ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् । यो गत आवको सोही अवधिसम्मको तुलनामा २३.६९ प्रतिशत...