आईतवार, आश्विन २५,२०८३ 05:24:05
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:24:05
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले दुई महिनामै उठाए साढे ४० अर्ब प्रिमियम, नेपाल लाइफको एकछत्र दबदबा

Bizshala
जीवन बीमा कम्पनीहरुले दुई महिनामै उठाए साढे ४० अर्ब प्रिमियम, नेपाल लाइफको एकछत्र दबदबा
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म कुल ४० अर्ब ५४ करोड १४ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १५.०१ प्रतिशतले बढेको छ।

तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन ५ अर्ब २९ करोड १७ लाख ६२ हजार रुपैयाँले बढेको देखिन्छ। यसले जीवन बीमा व्यवसायको आकार विस्तार हुँदै गएको संकेत गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल लाइफको दबदबा कायमै, एक्लैले उठायो साढे १० अर्ब

जीवन बीमा बजारमा नेपाल लाइफ इन्स्योरेन्सको वर्चस्व कायमै देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १० अर्ब ५८ करोड ८ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्दै पहिलो स्थान सुरक्षित गरेको छ।

गत वर्षको सोही अवधिमा कम्पनीको बीमाशुल्क संकलन ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ थियो। एक वर्षमा कम्पनीको व्यवसाय ९.२७ प्रतिशतले बढेको हो।

कुल जीवन बीमा बजारमा नेपाल लाइफको हिस्सा करिब २६.१० प्रतिशत रहेको छ। अर्थात् जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रत्येक १०० रुपैयाँ बीमाशुल्कमध्ये करिब २६ रुपैयाँ नेपाल लाइफको खातामा गएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ। यद्यपि, कम्पनीको वृद्धिदर भने ८.१९ प्रतिशतमा सीमित छ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ३ अर्ब ६७ करोड ८३ लाख रुपैयाँभन्दा बढी र हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

यी दुई कम्पनीको व्यवसाय क्रमशः ८.३७ प्रतिशत र १३.२३ प्रतिशतले बढेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.