म्यान्चेस्टर सिटीको कमाइमै प्रश्नः प्रायोजनको पैसा र खर्चको हिसाबले हल्लायो इंग्लिस फुटबल
काठमाण्डौ । फुटबल मैदानमा जित र उपाधिको चर्चा हुने म्यान्चेस्टर सिटी अहिले आफ्नो हिसाबकिताबका कारण विश्व फुटबलको बहसमा छ। इंग्ल्यान्डको प्रिमियर लिगले क्लबमाथि वित्तीय नियम उल्लङ्घनका अनेक आरोप लगाएको छ। ‘११५ आरोप’ भनेर चर्चित यो प्रकरणको मूल प्रश्न सरल छ- क्लबले कमाएको र खर्च गरेको रकमको वास्तविक तस्वीर नियामकसमक्ष प्रस्तुत गरेको थियो कि थिएन ?प्रिमियर लिगले सन् २०२३...

