१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम
काठमाण्डौ । नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ । रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले...