नेपाली कांग्रेस नयाँ युगको ढोका खोल्दै: विशेष महाधिवेशनमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
काठमाण्डौ । नेपाली कांग्रेसले नयाँ ऊर्जा र परिवर्तनको सन्देशसहित ऐतिहासिक विशेष महाधिवेशनको यात्रा सुरु गरेको छ। आज भृकुटीमण्डपमा जारी यो महाधिवेशनमा ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्। यो संख्याले पार्टीभित्रको नयाँ युग सुरु भएको संकेत दिएको छ भने बहुमत कार्यकर्ताको बलियो साथ र उत्साहलाई प्रष्ट पार्छ।

