बुधबार, फाल्गुन ६,२०८२ 01:10:35
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:10:35
Bizshala
Global IME Bank Limited

गगनले बारा पुगेर भने-'अहिलेको गठबन्धन २०८४ सम्मै टिक्छ'

गगनले बारा पुगेर भने-'अहिलेको गठबन्धन २०८४ सम्मै टिक्छ'
Shivam Cement

काठमाण्डौ । सरकार र प्रधानमन्त्रीको कार्यशैलीको पछिल्लो समय खुलेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरेका छन् ।  

बुधबार बाराको बडहर्वामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान सरकार २०८४ सालसम्म नै टिक्ने दाबी गरेका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बारामै भएका कारण थापा बुधबार साँझ बालुवाटारमा बसेका दुई दलको उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन सकेका थिएनन् ।  

उनले बाहिरी हल्लाको पछाडि कुनै सत्यता नरहेको उल्लेख गर्दै थपे-'सरकारको कार्यशैलीमा आमूल सुधार आउनुपर्छ । तर, बाहिर चलाइएको हल्लाजस्तो यो सरकार ढल्दैन, २०८४ सम्म नै जान्छ ।' 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनले आफ्ना पूर्व भनाईमा केही ट्वीस्ट गर्दै वर्तमान सरकार जनताको चाहनालाई सम्बोधन गर्न चुकेको उल्लेख गर्दै अब त्यसमा सुधार भएर जाने दाबी समेत गरे । 'अब कांग्रेस-एमालेले यो गठबन्धनलाई अझ सुदृढ गरेर लैजानुपर्छ ।' उनले भने-'जुन उद्देश्यले अहिलेको सत्ता गठबन्धन बन्यो, त्यो अझै पूरा भएको छैन । कांग्रेस एमाले मिल्नुको अर्को विकल्प पनि छैन । त्यसकारण अब सरकारका त्रुटि सच्याएर अघि बढिनेछ ।'

अर्को एक प्रसंगमा उनले संघीयताको स्वरुप परिमार्जन गर्नुपर्नेमा जोड दिए । अहिलेको स्वरुप धेरै खर्चिलो भएकोले सर्वस्वीकार्य र मितव्ययी हुने गरी परिमार्जनमा जानुपर्नेमा उनको जोड छ ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.