बुधबार, फाल्गुन ६,२०८२ 09:34:42
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:34:42
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेस नयाँ युगको ढोका खोल्दै: विशेष महाधिवेशनमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

नेपाली कांग्रेस नयाँ युगको ढोका खोल्दै: विशेष महाधिवेशनमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसले नयाँ ऊर्जा र परिवर्तनको सन्देशसहित ऐतिहासिक विशेष महाधिवेशनको यात्रा सुरु गरेको छ। आज भृकुटीमण्डपमा जारी यो महाधिवेशनमा ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्। यो संख्याले पार्टीभित्रको नयाँ युग सुरु भएको संकेत दिएको छ भने बहुमत कार्यकर्ताको बलियो साथ र उत्साहलाई प्रष्ट पार्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कांग्रेसमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीन महिनाअघि नै ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका थिए। पार्टी संस्थापन पक्षले यो मागलाई बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन्।

यो विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ। नाम दर्ताको क्रम अझै जारी रहेकाले सहभागी संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो महाधिवेशनले नेपाली कांग्रेसलाई नयाँ युगतर्फ डोर्‍याउने विश्वास गरिएको छ। पार्टीमा नयाँ सोच, ऊर्जा र एकताको सन्देश दिने यो प्रयासले कार्यकर्तामाझ उत्साह छाएको छ।

महाधिवेशन भोलिसम्म चल्नेछ। यस अवधिमा पार्टीको भावी दिशा र कार्ययोजनाबारे महत्वपूर्ण छलफल हुने बताइएको छ। कांग्रेसको यो कदमले लोकतान्त्रिक मूल्य र कार्यकर्ताको आवाजलाई सम्मान गर्ने नयाँ अध्यायको सुरुवात गरेको रूपमा हेरिएको छ।

नेपाली कांग्रेस नयाँ युगमा प्रवेश गर्दैछ-यो विशेष महाधिवेशन त्यसकै साक्षी बन्दैछ!

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.