‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत
काठमाण्डौ गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र गरिमा क्यापिटलबीच प्रति इकाई मूल्य रु. १० कायम भएको कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना’ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।