काठमाण्डौ गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र गरिमा क्यापिटलबीच प्रति इकाई मूल्य रु. १० कायम भएको कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना’ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत् १२ करोड ५० लाख इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति माघ २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको नेप्सेले जनाएकमो छ ।
सूचीकरण सम्झौता सम्पन्न भएसागै अब आगामी कारोबार दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार आउनेछ ।