हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारद्वारा ३३ लाख निकासा
काठमाण्डौ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनतर्फ सरकारले कदम अघि बढाएको छ । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि ३३ लाख रुपैयाँ निकासा गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले उक्त प्रस्तावलाई सदर गर्दै रकम निकासा गरेको हो ।

